काठमाडौं । नेकपा (एमाले)का नेता महेश बस्नेतलाई सुर्खेतमा केही युवाहरूले अवरोध गरेका छन् । मंगलबार राष्ट्रिय युवा संघले आयोजना गरेको युवा जागरण अभियानलाई सम्बोधन गर्न सुर्खेत पुगेका बस्नेतविरुद्ध केही युवाहरूको समूहले प्लेकार्डसहित नाराबाजी गरेर विरोध जनाएका हुन् ।
बिहान ९ बजेतिर नेता बस्नेत बिमानस्थल पुगे लगत्तै नाराबाजी हुन थालेकाे थियाे । जिल्ला समन्वय समितिकाे हलमा आयाेजित युवा संघकाे कार्यक्रमलाई सम्बाेधन गर्न नेता बस्नेतसहित एमाले उपमहासचिव प्रदीप ज्ञवाली, युवा संघका अध्यक्ष क्षितिज थेबे, वकिल बमलगायत नेताहरु सुर्खेत पुगेका छन् ।

