काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रभु बैंकका सीईओ शेरचनलाई आइतबार पक्राउ गरेको हो।
बैंकका तत्कालीन अध्यक्ष देवीप्रकाश भट्टचनमाथि चलिरहेको कर्जा अपचलनसम्बन्धी अनुसन्धानकै क्रममा शेरचनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

