११ बैंकले ब्याजदर घटाउँदा, तीनले बढाए

काठमाडौं । सञ्चालनमा रहेका आधाभन्दा बढी वाणिज्य बैंकले असारका लागि निक्षेपको ब्याजदर घटाएका छन्। ११वटा बैंकले असारका लागि निक्षेपको ब्याजदर घटाएका हुन्।

यस्तै तीन वटा बैंकले ब्याजदर बढाएका छन् भने ६ वटाको ब्याजदर स्थिर छ।

असारका लागि ब्याजदर घटाउनेमा सिटिजन्स, एभरेष्ट, ग्लोबल आईएमई, कुमारी र लक्ष्मी सनराइन बैंक रहेका छन्। यसैगरी नेपाल एसबीआई, एनआईसी एशिया, एनएमबि, प्राइम, राष्ट्रिय वाणिज्य र सानिमा बैंकले जेठको तुलनामा असारमा कम ब्याज दिनेछ।

हिमालयन, माछापुच्छ्रे र नबिल बैंकले बचतकर्तालाई असारमा बढी ब्याज दिने भएका छन्। कृषि विकास, नेपाल बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा, प्रभु, सिद्धार्थ र स्ट्यान्डर्ड चार्टर्ड बैंकको जेठ र असारको ब्याजदर समान रहेको छ।
सबैभन्दा बढी ग्लोबल आइएमई बैंकले असारका लागि जेठको तुलनामा ब्याजदर घटाएको छ । बैंकले हाल दिइरहेको ७.५ बाट ब्याजदर घटाएर असारका लागि ६.५ प्रतिशत तोकेको छ ।

असार महिनाका लागि प्रकाशित दरअनुसार सबैभन्दा बढी ब्याज हिमालयन बैंकले दिनेछ । हिमालयनले मुद्दती निक्षेपमा वार्षिक ८.२५ प्रतिशत ब्याज दिने बताएको छ ।

जेठमा बैंकहरुको अधिकतम औसत ब्याजदर ६.९९ प्रतिशत रहेकामा असारका लागि ६.८७ प्रतिशतमा झरेको छ ।

राष्ट्र बैंकको निर्देशन अनुसार अघिल्लो महिनामा लागु हुने ब्याजदर पछिल्लो महिनाको मसान्तसम्म बैंकहरुले सार्वजनिक गर्नु पर्छ। सोही अनुसार बैंकहरुले असारका लागि ब्याजदर सार्वजनिक गरेका हुन्।

बैंकहरुको ब्याजदर

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार