काठमाडौं । चालु आवमा बैंक तथा वित्त कम्पनीहरु बाट व्यक्तिगत घर कर्जा प्रवाह १० प्रतिशतले बढेको छ । राष्ट्र बैंक अनुसार आर्थिक वर्ष २०८२\८३ को असोज सममा ४ खर्ब ३९ अर्ब ९३ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आवको तुलनामा यो रकम ४३ अर्ब ५ करोड २० लाख रुपैयाँ बढी हो । गत आवको सोही अबधिमा बैंक तथा वित्त कम्पनीहरुले ३ खर्ब ९६ अर्ब ८८ करोड २० लाख कर्जा प्रवाह गरेको थियो ।
बैंक तथा वित्त कम्पनीहरु मध्य वाणिज्य बैंकले धेरै कर्जा प्रवाह गरेको छ । राष्ट्र बैंक अनुसार वाणिज्य बैंकले चालु आवमा ३ खर्ब ४१ अर्ब ३५करोड ३० लाख व्यक्तिगत घर कर्जा प्रवाह गरेको हो । गत आवको तुलनामा ६.८१ प्रतिशत अर्थात २१ अर्ब ७६ करोड ९० लाख रुपैयाँ बढीहो। गत आवमा ३ खर्ब १९ अर्ब ५८ करोड ४० लाख कर्जा प्रवाह गरेको थियो ।
विकास बैंकले गत आवको तुलनामा ३०.७८ प्रतिशत बढी कर्चा प्रवाह गरेको छ । विकास बैंकले चालु आवमा ८२ अर्ब ८६ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत आवको तुलनामा यो रकम १९ अर्ब ५० करोड १० लाख बढी हो । गत आवमा विकास बैंकले ६३ अर्ब ३६ करोड ३० लाख रुपैयाँको कर्जा प्रवाह गरेको थियो ।
वित्त कम्पनीले चालु आवमा १५ अर्ब ७१ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो रकम गत आवको तुलनामा १२.७८ प्रतिशत अर्थात १ अर्ब ७८ करोड १० लाख रुपैयाँले बढीहो ।गत आवमा वित्त कम्पनीले १५ अर्ब ७१ करोड ६० लाख रुपैयाँको कर्जा प्रवाह गरेको थियो ।
चालु आवमा २० वाणिज्य बैंक मध्य एनआईसी एशिया बैंकले धेरै व्यक्तिगत घर कर्जा प्रवाह गरेको छ । बैंकले ४४ अर्ब ४८ करोड कर्जा प्रवाह गरेको छ । त्यसतै दोस्रोमा गलोबल आइएमई बैंकले ४३ अर्ब ९५ करोड ८० लाख रुपैयाँ कर्ज प्रवहा गरेको छ। तेस्रोमा राष्ट्रिय वाणिज्य बैंकले ३१ अर्ब २० करोड २० लाख कर्जा प्रवहा गरेको छ ।

