CLI

असोज १८ गतेयता परेको वर्षा तथा बाढीको क्षतिमा ३ अर्ब ७८ करोडको बिमा दाबी, कुन कम्पनीमा कति ?

काठमाडौं । गएको असोज १८ गतेयता परेको अविरल वर्षा तथा बाढी पहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिमध्ये हालसम्म पौने ४ अर्ब रुपैयाँ बराबरको बिमा दाबी परेको छ । बाढीले पुर्‍याएको क्षतिबापत हालसम्म ३ अर्ब ७८ करोड ४० लाखको दाबी परेको बिमा प्राधिकरणले जनाएको छ ।

विभिन्न १३ वटा निर्जीवन बीमा कम्पनी र २ वटा लघु निर्जीवन बीमा कम्पनीमा परेका कूल ७३४ वटा बीमा दाबीको करिब ३ अर्ब ७८ करोड रुपैयाँ दाबी परेको जानकारी निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त भएको प्राधिकरणले जनाएको छ ।

परेका दाबीमध्ये सबैभन्दा धेरै सम्पत्ति बिमामा ३८२ वटा छन् । कृषि तथा बाली बिमामा २०९ वटा, इन्जिनियरिङ तथा ठेकेदार बिमामा ९२, निजी मोटर बिमामा ३९, सरकारी मोटर बिमामा १० र अन्य गरी ७३४ वटा दाबी परेको प्राधिकरणको तथ्यांक छ ।

जसमध्ये, शिखर इन्सुरेन्समा ६१ करोड, युनाइटेड अजोडमा ६० करोड ५६ लाख, सिद्धार्थ प्रिमियरमा ५० करोड ९४ लाख, एनएलजीमा ५० करोड ६० लाख, नेसलन इन्सुरेन्समा ३० करोड ५० लाख, हिमालयन एभरेष्टमा ३७ करोड ५७ लाख रुपैयाँ बराबरको बिमा दाबी परेको छ ।

त्यसैगरी, दि ओरिएन्टलमा २१ करोड ४३ लाख, आइजीआई प्रुडेन्सियलमा १७ करोड ६ लाख, सगरमाथामा १२ करोड ४४ लाख, नेको इन्सुरेन्समा १२ करोड १० लाख, नेपाल इन्सुरेन्समा १० करोड ६९ लाख, प्रभुमा १० करोड ४६ लाख, सानिमा जीआइसीमा २ करोड ५६ लाख रुपैयाँ बराबरको बिमा दाबी परेको छ ।

Leave Your Comment

Related News