काठमाडौं । बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेटमा पर्चा टाँस्ने प्रकाश शर्मालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई आज मध्यरातमा घरबाटै पक्राउ गरेर प्रहरी परिसर भद्रकालीमा राखिएको छ ।
जेन-जी अभियन्ता मिराज ढुंगानासहितको टोली शर्मालाई छुटाउन माग गर्दै अहिले भद्रकालीमा पुगेको छ ।
ढुंगाना नेतृत्वको गरिखान देऊ अभियाका सदस्य रहेका शर्माले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै बालुवाटारको गेटमा अस्ति पर्चा टाँसेका थिए ।

