काठमाडौं । शिक्षामन्त्री महावीर पुनले एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि निर्माण गर्न लागिएको ‘ओली कुटी’ इन्जिनियरलाई ‘सख्त कारवाही’ गर्नुपर्ने बताएका छन् । सामाजिक सञ्जालमा आफ्नै शैलीको स्टाटास लेख्दै उनले ‘ओली कुटी’ बारे व्यंग्यात्मक टिप्पणी गरेका हुन् ।
उनले ओलीका लागि बनाइने भनिएको घरको थ्रिडी नक्सासमेत फेसबुकमा राख्दै लेखेका छन्, ‘यो नक्सा डिजाइन गर्ने इञ्जिनियरलाई सख्त कारबाही गर्नु पर्छ । अनि घोर बेइजती तथा मानहानीको मुद्दा लगाउनु पर्छ भन्ने मेरो माग छ ।’
उनी थप्छन्, ‘हाकिमले २ जना बस्ने कुटीको नक्सा बनाएर ल्याऊ भनेपछि यत्रो ठूलो दरवारको नक्सा बनाइदिनुहुन्छ त उसले ? कहाँसम्मको लापरवाही हो यो ?
पुनले अन्त्यमा ‘एकछिन रमाइलो’ भन्दै आफ्नाे स्टाटसमा गम्भीर भाव नरहेकाे संकेत गरेका छन् ।’

