RE
Global College

बर्दिया घटनाको छानबिन गर्न समिति गठन

काठमाडौं । बर्दियाको बढैयातालकी एक युवतीले नागरिकता नपाएर आत्महत्या गरेको भनिएको विषय छानबिन गर्न सरकारले समिति गठन गरेको छ।

गृह मन्त्रालयका सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो।

गृहमन्त्री ओमप्रकाश अर्यालले यस घटनाको बारेमा सर्बत्र चासो र चिन्ता प्रकट भएपछि मन्त्रालयको पनि गम्भीर ध्यानाकर्षण भनेको उल्लेख गर्दै छानबिन गर्न निर्देशन दिएका थिए।
प्रधानमन्त्री सुशीला कार्कीले समेत बर्दिया घटनामा चासो देखाउँदै गृहमन्त्री अर्यालको ध्यानाकर्षण गराएकी थिइन्।
सर्वत्र चासो देखिएपछि मन्त्रालयले आइतबार सचिवस्तरीय निर्णय गर्दै सहसचिव पन्थीको संयोजकत्वमा मन्त्रालयकै उपसचिव कुलशेखर अर्याल र एक जना सदस्य रहने गरी घटनाको छानविन गर्न समिति गठन गर्ने निर्णय गरेको हो।

समितिलाई घटनाको निष्पक्ष र सत्यतथ्य रुपमा जाँचबुझ गरी पाँच दिनभित्र प्रतिवेदन पेश गर्ने गरी समितिलाई आदेश दिइएको छ।

NECO

Leave Your Comment

Related News