काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एसवाई प्यानल नेपाल लिमिटेडको सेयर सूचीकृत भएको छ। मंगलबार नेप्सेमा कम्पनीको १ करोड ३० लाख ८१ हजार ३७१ कित्ता सेयर सूचीकृत भएको हो ।
कम्पनीले सर्वसाधारणमा जारी गरेको ५२ लाख ३२ हजार ५४८ कित्ता र संस्थापकहरुले लगानी गरेको ७८ लाख ४८ हजार ८२३ कित्ता गरी कुल १ करोड ३० लाख ८१ हजार ३७१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
पहिलो कारोबारको लागि नेप्सेले कम्पनीलाई १०६.६१ रुपैयाँदेखि ३१९.८३ रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ । सोही रेञ्जका आधारमा कम्पनीको पहिलो कारोबार हुनेछ । नेप्सेले कम्पनीलाई ‘SYPNL’ सिम्बोल दिएको छ ।


