बढ्यो नेप्से,घट्यो कारोबार रकम

काठमाडौं । मंगलबार नेप्से परिसूचक ७.३९ अंकले बढेको छ । बजार २६१४.०७ अंकमा पुगेर बन्द भएको छ । यस दिन ३३१ वटा कम्पनी ६२ हजार ६६५ पटक कारोबार हुँदा ८७ लाख ४२ हजार कित्त सेयर खरिदबिक्री भएको छ । कारोबार रकम भने ३ अर्ब ७५ करोड ५० लाख पुगेको छ । यो रकम सोमबारको तुलनामा ९१ करोड ४५ लाखले कम हो । सोमबार कारोबार रकम ४ अर्ब ६६ करोड ९५ लाख रुपैयाँ थियो ।

यस दिन ९ वटा उपसमूह बढेका छन र ४ वटा घटेका छन्। विकास बैंक ०.३१ प्रतिशत, वित्त ०.४०, होटल्स तथा पर्यटन समूह ०.८८, जलविद्युत ०.८४, लगानी ०.१६, जीवन बीमा ०.८२ उत्पादन र प्रशोधन ०.५३, म्युअुचल फण्ड ०.३७ र अन्य समूह ०.४९ प्रतिशतले बढेका छन् । ।बैंकिङ ०.१२, लघुवित्त ०.०६,निर्जीवन बीमा ०.१७ र व्यापार समूह ०.०१ प्रतिशतले घटेका छन् ।

यस दिन स्वस्तिक लघुवित्त वित्तीय संस्था, श्रीनगर एग्रीटेक इन्डष्ट्रीज र माथिल्लो मैलुङ्ग खोला जलविद्युतको  १० प्रतिशतले बढेको छ । श्वेत गंगा हाइड्रोपावर ८.७३ र भने सुपर मादी हाइड्रोपाव ८.१० प्रतिशतले बढेको छ ।

कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर पहिलो स्थानमा रहेको छ। यस कम्पनीको यस दिन ३१ करोड ९२ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार