RE
Global College

बढ्यो नेप्से,घट्यो कारोबार रकम

काठमाडौं । मंगलबार नेप्से परिसूचक ७.३९ अंकले बढेको छ । बजार २६१४.०७ अंकमा पुगेर बन्द भएको छ । यस दिन ३३१ वटा कम्पनी ६२ हजार ६६५ पटक कारोबार हुँदा ८७ लाख ४२ हजार कित्त सेयर खरिदबिक्री भएको छ । कारोबार रकम भने ३ अर्ब ७५ करोड ५० लाख पुगेको छ । यो रकम सोमबारको तुलनामा ९१ करोड ४५ लाखले कम हो । सोमबार कारोबार रकम ४ अर्ब ६६ करोड ९५ लाख रुपैयाँ थियो ।

यस दिन ९ वटा उपसमूह बढेका छन र ४ वटा घटेका छन्। विकास बैंक ०.३१ प्रतिशत, वित्त ०.४०, होटल्स तथा पर्यटन समूह ०.८८, जलविद्युत ०.८४, लगानी ०.१६, जीवन बीमा ०.८२ उत्पादन र प्रशोधन ०.५३, म्युअुचल फण्ड ०.३७ र अन्य समूह ०.४९ प्रतिशतले बढेका छन् । ।बैंकिङ ०.१२, लघुवित्त ०.०६,निर्जीवन बीमा ०.१७ र व्यापार समूह ०.०१ प्रतिशतले घटेका छन् ।

यस दिन स्वस्तिक लघुवित्त वित्तीय संस्था, श्रीनगर एग्रीटेक इन्डष्ट्रीज र माथिल्लो मैलुङ्ग खोला जलविद्युतको  १० प्रतिशतले बढेको छ । श्वेत गंगा हाइड्रोपावर ८.७३ र भने सुपर मादी हाइड्रोपाव ८.१० प्रतिशतले बढेको छ ।

कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर पहिलो स्थानमा रहेको छ। यस कम्पनीको यस दिन ३१ करोड ९२ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ।

NECO

Leave Your Comment

Related News