भृकुटीमण्डपमा केन्द्रीय समितिको अन्तिम बैठक राख्दै ओली

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि आज (आइतबार) दशौं महाधिबेशनबाट निर्बाचित केन्द्रीय समितिको बैठक महाधिबेशनको बन्द सत्र हलमा  बस्ने भएको छ।  यसअघि बिहान आठै बजे बन्दसत्र सुरु गर्ने गरि महाधीबेशन प्रतिनिधिलाइ एमालेले ७ बजे देखी भृकुटीमण्डपमा बोलाएको थियो । केन्द्रिय समितिको अन्तिम बैठक भृकुटीमण्डपमा बस्ने भएपश्चात महाधिबेशनको बन्द सत्र केही पछि धकेलिएको छ ।   महाधिवेशन उद्घाटनअघि शुक्रबार साँझ बसेको एमाले सचिवालय बैठकबाट अध्यक्ष केपी शर्मा ओली विधान संशोधन गर्न चाहन्थे तर वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षले अवरोध गरेपछि रोकिएको थियो।

आफ्नै समूहमा धेरै नेताले पदाधिकारी बन्ने आकांक्षा राखेपछि ओलीले नेता व्यवस्थापनका लागि विधान संशोधन गरेर पदाधिकारी संख्या तथा केन्द्रीय समिति ठूलो बनाउने प्रस्ताव सचिवालय बैठकमा राखेका थिए। तर ईश्वर पक्षको प्रतिवादपछि उनी पछि हट्न बाध्य भएका थिए।

आजको केन्द्रीय समितिमा सुबिधाजनक बहुमत भएका कारण केपओ ओलीले पदाधिकारी थप गर्ने केन्द्रीय समस्ञको संख्या बृदी गर्ने र स्थायी  समिति बिस्तार गर्ने प्रस्ताव पेश गर्ने अनुमान गरिएको छ

साथै एमालेलेको ३ गते बसेको सचिवालय बैठकबाट पास गरिएको भनिएको केन्द्रबाट मनोनित ५ प्रतिशत अर्थात १०८ जना प्रतिनिधि छनौटमा पनि  पोखरेल पक्षले असहमति राखेको थियो ।  पोखरेल पक्षको असहमतिमतिका बापजुद केन्द्रबाट मनोनित महाधिबेशन प्रतिनिधिको नाम सार्वजनिक गरिएको छ

एमालेले एघारौँ महाधिवेशनको उद्घाटन  समारोह शनिबार भक्तपुरको सल्लाघारीमा सम्पन्न गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार