बढ्यो सुनको मूल्य, घट्यो चाँदी

काठमाडौं । आइतबार नेपली बजारमा सुनको मूल्य २ हजार २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आइतबार सुन प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  शुक्रबार सुनको मूल्य २ लाख ५६ हजार ६ सय रुपैयाँमा थियो ।

चाँदी भने ८० रुपैयाँले घटेको छ ।  बजारमा चाँदी प्रतितोला ३ हजार ८२५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला ३ हजार ९०५ रुपैयाँ थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार