आजको मौसम : नेपालमा पश्चिम वायुको आंशिक प्रभाव, तीन प्रदेशमा आंशिक बदली 

काठमाडौं । हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको छ । हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहेको छ ।

सोमबार दिउँसो पनि कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कुनै चेतावनी छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार