३० खर्ब ५५ अर्ब नाघ्यो विदेशी मुद्रा सञ्चिति

काठमाडौं । मुलुकको विदेशी मुद्रा (विनिमय) सञ्चिति ३० खर्ब ५५ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । गत असारमा कुल विदेशी मुद्रा सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ थियो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति गएको असारमसान्तमा १९ अर्ब ५० करोड रहेकोमा कात्तिक मसान्तमा १०.३ प्रतिशतले वृद्धि भई २१ अर्ब ५२ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।

आर्थिक वर्ष २०८२/८३ को चौथो महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २०.८ महिनाको वस्तु आयात र १७.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार