काठमाडौं । सिम्बुवा रेमिट हाइड्रो लिमिटेडले आफ्नो छैठौँ वार्षिक साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको मंसिर २८ गेत बसेको सञ्चालक समितिको बैठकले यहि पुस २३ गतेका लागि साधारणसभा आह्वान गर्ने निर्णय गरेको हो ।
उक्त सभा कम्पनीको कार्यालय नागरि लगानी कोष भवन नयाँ बानेश्वसारमा दिउसो ३ बेज बस्नेछ । उक्त सभामा आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सोही आवको लेखापरीक्षणको प्रतिवेदन २०८२ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब र २०८२ असार मसान्तसम्मको नगद प्रवाह विवरण सहतिको वित्तीय विवरण माथि छलफल गरि स्वीकृत गर्ने र महालेखा परीक्षकको कार्यालयबाट परामर्श प्रदान गरिए बमोजिम चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने एजेण्डा रहेका छन् ।

