काठमाडौं । सोमबार बढेको शेयर बजार मंगलबार पनि बढेको छ । मंगलबार १८.३७ अंकले बढेको नेप्से २६१९.९९ विन्दुमा पुगेर बन्द भएको छ । भने सेन्सेटिभ इन्डेक्स ३.१५ अंकले बढेर ४५०.६७ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स १.३२ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने १.०२ अंकले बढेको हो ।
मंगलबार ३२५ वटा कम्पनीको ५४ हजार ९९९ पटक धितोपत्र कारोबार हुँदा ७७ लाख ९६ हजार ५५२ कित्ता शेयर खरीद बिक्री भएको छ । करोबार रकम भने ३ अर्ब २८ करोड ९७ लाख पुगेको छ । जुन सोमबारको तुलनामा १५ करोड २२ लाखले कम हो । सोमबार कारोबार रकम ३ अर्ब ४४ करोड १९ लाख रहेको थियो ।
मंगलबार १८७ वटा कम्पनीको शेयर मूल्य बढ्दा ६१ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ११ वटा कम्पनीको शेयर स्थिर रहेको छ ।
यस दिन सबै १२ वटा समूह बढ्दा १ वटा समूह घटेको छ । बैंकिङ ५, विकास बैंक ८४, वित्त ९, होटल र पर्यटन १०३, जलविद्युत २६, लगानी १, जीवन बीमा ९२, उत्पादन र प्रशोधन ३८, लघुवित्त ४२, म्युअुचल फण्ड ०.०२, निर्जीवन बीमा ९७ र अन्य समूह २७ समूहले बढेको छ । व्यापार ०.५२ अंकले घटेको हो ।
यस दिन सर्वाधिक कारोबार हुनेमा ङादी गुप्रको रहेको छ । ङादी गुप्रको १९ करोड ८२ लाख, लुम्बिनी विकास बैंकको १० करोड ३० लाख, हिमालयन रिइन्स्योरेन्सको ९ करोड ५७ लाख, सिइडीबी होल्डिङस ९ करोड २४ लाख र राधी कम्पनीको ७ करोड ३६ लाख रहेको छ ।

