RE
Global College

बैंक तथा वित्तीय संस्था लक्षित उच्छृङ्खल गतिविधिप्रति नेपाल राष्ट्र बैंकको गम्भीर चासो

काठमाडौं । हालै बैंक तथा वित्तीय संस्था लक्षित घटनाप्रति नेपाल राष्ट्र बैंकले गम्भीर चासो व्यक्त गरेको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले कानुनअनुसार कर्जा प्रवाह, अनुगमन र असुलउपर गर्ने जिम्मेवारी वहन गर्ने उल्लेख गर्दै ऋणीले कर्जा नियमित रूपमा भुक्तानी गर्नुपर्नेमा जोड दिएको छ। कर्जा भुक्तानीमा समस्या आएमा पुनरसंरचना तथा पुनरतालिकीकरणको व्यवस्था रहेको पनि जनाएको छ।

बैंकिङ कारोबारसम्बन्धी गुनासो समाधानका लागि औपचारिक संयन्त्र उपलब्ध रहेको उल्लेख गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था तथा त्यहाँ कार्यरत कर्मचारीविरुद्ध हुने उच्छृङ्खल गतिविधि वित्तीय सेवामा बाधक हुने चेतावनी दिएको छ। यस्ता गतिविधिमा संलग्न व्यक्तिलाई कानुनबमोजिम कारबाही हुने जनाउँदै वित्तीय क्षेत्रका कर्मचारीको मनोबल उच्च राख्न सबैलाई सहयोग गर्न आग्रह गरेको छ।

NECO

Leave Your Comment

Related News