काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजारसम्बन्धी जिज्ञासा, गुनासा तथा उजुरीहरू नि:शुल्क हटलाइन मार्फत गर्न आग्रह गरेको छ ।बोर्डका अनुसार धितोपत्र लगानीसँग सम्बन्धित कुनै पनि जिज्ञासा वा उजुरी भएमा बोर्डको आधिकारिक वेबसाइटमार्फत हटलाइन नम्बरमा नि:शुल्क फोन गरेर जानकारी लिन वा गुनासो दर्ता गर्न सकिनेछ । बोर्डले यस सुविधाको अधिकतम उपयोग गर्न सबै लगानीकर्तालाई आग्रह गरेको छ।


