काठमाडौं । नेप्सेमा नेपाल एसबिआई बैंक लिमिटेडको ४ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य ४११.९० रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात यसको सेयर मूल्य ३९६.०६ रुपैयाँ कायम भएको छ । सोही भाउलाई आधार यो बैंकको सेयर कारोबार खुला हुनेछ ।


