काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक सुरु भएको छ ।
काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा जारी बैठकको प्रारम्भमा शपथ लिन बाँकी सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीबाट शपथ ग्रहण गरे । आजको बैठकमा महाधिवेशनको समग्र समीक्षा, पार्टीको समसामयिक राजनीतिक कार्यदिशा, नेताहरूको जिम्मेवारी बाँडफाँट तथा आगामी कार्ययोजनाबारे छलफल हुने बताइएको छ ।

