सस्तियो आलु, च्याउलगायतका तरकारीको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

कालीमाटीमा आज आलुको मूल्य केही घटेको छ। तर, च्याउसहितका कतिपय तरकारी भने महँगिएका छन्। कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ९५, ठूलो भारतीय गोलभेँडा ११५, सानो लोकल गोलभेँडा ७५, टनेलको सानो गोलभेँडा ८५, रातो आलु ३५, सुकेको भारतीय प्याज ४८, लोकल गाँजर ७५, लोकल बन्दा ५०, स्थानीय काउली ५१, लाम्चो भन्टा ७५, डल्ले भन्टा ८४, तने बोडी १६०, मकै बोडी ६७ रुपैयाँ प्रतिकिलो छ।

त्यसैगरि करेला १२६, लौका ६३, लोकल परबल ९०, डल्ले फर्सी ४७, पाकेको फर्सी ३५, कन्य च्याउ ११५, डल्ले च्याउ ३२८, कुरिलो ११०० र ब्रोकाउली १०५ रुपैयाँ प्रतिकिलो छ।

कालीमाटीमा हिजो ठूलो नेपाली गोलभेँडा ९५, ठूलो भारतीय गोलभेँडा १०५, सानो लोकल गोलभेँडा ७०, टनेलको सानो गोलभेँडा ९१, रातो आलु ४०, सुकेको भारतीय प्याज ४८, लोकल गाँजर ७५, लोकल बन्दा ५०, स्थानीय काउली ५०, लाम्चो भन्टा ७५, डल्ले भन्टा ८५, तने बोडी १६०, मकै बोडी ७० रुपैयाँ प्रतिकिलो थियो।

त्यसैगरि करेला १२५, लौका ७०, लोकल परबल ९५, डल्ले फर्सी ४७, पाकेको फर्सी ३५, कन्य च्याउ ११५, डल्ले च्याउ २८०, कुरिलो ११०० र ब्रोकाउली १०५ रुपैयाँ प्रतिकिलो थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार