RE
Global College

सञ्चय कोषको भुक्तानी लिएर हिसाब मिलान गर्न अर्थ मन्त्रालयको आग्रह

काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारी सञ्चय कोषमा विगतमा कोषकट्टी गरेर छाडेका सञ्चयकर्तालाई भुक्तानी लिएर हिसाब मिलान गर्न अनुरोध गरेको छ ।

मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै अर्थ मन्त्रालय वा यस अन्तर्गतका निकाय र अन्य सरकारी निकायहरूबाट विगतमा नियमित रूपमा कर्मचारी सञ्चय कोष कट्टी जम्मा गर्ने गरेका सञ्चयकर्ताहरूका लागि यो जानकारी गराएको हो।

सूचना अनुसार सेवाबाट अवकाश भएका वा अन्य कुनै कारणले कोषमा रकम जम्मा हुन बन्द भएका कर्मचारीहरूको हकमा भुक्तानी लिइसकेपछि पनि केही रकम छुट भएको वा मुनाफा बाँकी रहेको हुनसक्ने देखिएको छ।

त्यस्ता सञ्चयकर्ताहरूले आफ्नो हिसाब मिलान गर्न बाँकी भएमा वा लिनुपर्ने रकम बाँकी भएमा कर्मचारी सञ्चय कोषको आफूलाई पायक पर्ने कार्यालयमा सम्पर्क राखी भुक्तानी लिन मन्त्रालयले अनुरोध गरेको छ।

NECO

Leave Your Comment

Related News