काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य ३ हजार ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी माहसंघका अनुसार सुन प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।आइतबार सुन प्रतितोला २ लाख ५८ हजार ३ सय रुपैयाँ थियो ।
यसदिन, चाँदी भने १३० रुपैयाँले बढेको छ । सोमबार चाँदी प्रतितोला ४ हजार २ सय ३५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आइतबार चाँदी ४ हजार १०५ रुपैयाँ थियो ।


