बससेवाले हरेक टिकट बापत एक रुपैँया नीलहिरा समाजलाई दिने

काठमाडौं । अनलाइन बससेवा भुक्तानी सेवा प्रदायक बससेवा डटकमले हरेक टिकटमा एक रुपैँया  नीलहिरा समाजलाई दिने भएको छ । बससेवा  र नील हिरा समाजका बीच अनलाइनबाट बुकिङ्ग भएका टिकटहरुमा, एक टिकट बराबर एक रुपैया लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको हितको लागी छुट्याउने सम्झौता गरेका छन्  ।

नील हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकाल र बससेवा डट कमका तर्फबाट बजार ब्यावस्थापक डेनिसजंग थापाले हस्ताक्षर गरेका छन् । सम्झौता बमोजिम बससेवा डटकमले कुनै पनि ब्याक्तिले काटेको टिकटबाट निल हिरा समाजलाई एक रुपैयाका दरले प्रदान गर्नेछ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार