चितवन ३ मा रेणु दाहालको एकल सिफासिस

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल चितवन क्षेत्र नं. ३ बाट आगामी  फागुन २१ मा हुने भनिएको प्निरतिनिधिसभा निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस भएकी छन्  ।

नेपाली कम्युनिष्ट पार्टी  चितवन निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत बैठकले दाहाललाई सर्वसम्मत रूपमा प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिस गरेको हो ।

क्षेत्रले गरेको  सिफारिस जिल्ला कमिटी हुँदै प्रदेश कमिटीमार्फत केन्द्रमा पुग्ने र केन्द्रले टिकट निर्क्योल गर्ने  नेपाली नेपाली कम्युनिष्ट पार्टी ( नेकपा) का नेता नारायण प्रसाद आचार्यले इक्विटी नेपाललाई बताए  ।

रणु दाहालको भरतपुर महागरपालिकामा दोस्रो कार्यकालको करिब १ बर्ष कार्यकाल बाँकी रहेको छ ।  महानगर प्रमुख दाहालले राजीनामा दिएर चुनावमा होमिने तयारी गरेको जनाइएको छ । सोही क्षेत्रमा उनका पिता तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्प कमल दाहाल ‘प्रचण्ड” चुनाव लड्ने चर्चा रहेको छ ।

गत भदौ २३ गतेको जेजी आन्केदोलन पश्हीचात नेपाली राजनीतिमा ध्रुबिकरण र एकता ब्यापक चलेको छ । नेपालका केहि बाम घटक एकता गरेका छन् भने केहि नयाँ भनिएका बैकल्पिक शक्तिपनि एकता गरेर चुनाब लड्ने तयारीमा रहेका छन् । यहि सिलसिलमा  रास्वपा नेता  रवि र काठमाडौं महागरपालिकाका मेयर बालेन साहको एउटै पार्टी बनाउने कोसिसमा लागेका छन्। नभए पनि आगामी चुनावमा तालमेल गरेर जाने तयारी छ।

रवि र वालेनबीचको यो वार्ताले पुराना पार्टीहरुलाई पनि दबाब सिर्जना गरेको छ। बालेन आफै पार्टी बनाउने अभियानमा लागेपश्चात पुन राजनीतिक बजारमा सरगर्मी बढेको छ । बालेनले पार्टी बनाउन लागे पश्चात रबिले  पुन बालेनसगऊ एकल बार्ता गरेका छन् बार्ता के भयो भनेर सयचारकमरीको प्रशनमा उनले परिणाम सुन्न केही समय लाग्ने बताए ।

लामिछानेले आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँग पनि एक्ला–एक्लै वार्ता गरेका थिए । त्यसपछि लामिछानेले बालेनलाई भेटेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार