बैंक तथा वित्तीय संस्थाको खराब कर्जा ४ प्रतिशत पुग्यो

काठमाडौं । घरजग्गामा गरेको लगानीका कारण बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढ्न पुगेको छ । बैंक तथा वित्तीय संस्थाललाई अनुउत्पादक क्षेत्रको रुपमा रहेको घरजग्गामा लगानी नगर्न विज्ञ तथा सरोकारावालाहरुको आग्रहलाई वेवास्ता गर्दै आएको कारण खराब कर्जा बढेको पाइन्छ । अर्कोतर्फ बजार चलायमान हुन सकेको छैन सर्वसाधारणहरु पर्ख र हेरको स्थितिमा रहेको हुदाँ बजारबाट उद्योरो उठ्न नसक्दाको मार समेत बैंक तथा वित्तीय संस्थाले भोग्नु परेको विज्ञहरुको भनाई छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको खराब कर्जा ४ प्रतिशत पुगेको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको १० महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाको खराब कर्जा ३.९८ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंक तथा वित्तीय संस्थाको खराब कर्जा ३.३४ प्रतिशत रहेको थियो । तुलनात्मक अध्ययन गर्दा बैंक तथा वित्तीय संस्थाको हाल खराब कर्जा बढेको छ ।

चालु आर्थिक वर्षको १० महिनामा वाणिज्य बैंकहरुको ३.८९ प्रतिशत, विकास बैंकहरुको ३.६३ प्रतिशत र वित्त कम्पनीहरुको १०.४० प्रतिशत खराब कर्जा रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा खराब कर्जा वाणिज्य बैंकको ३.२३ प्रतिशतन, विकास बैंकको ३.४० प्रतिशत र वित्त कम्पनीहरुको ८.१९ प्रतिशतन रहेको थियो ।

चालु आर्थिक वर्षको १० महिनाको अवधिमा वाणिज्य बैंकहरुले ४५ खर्ब १६ अर्ब रुपैयाँ , विकास बैंकहरुले ४ खर्ब ९६ अर्ब रुपैयाँ र वित्त कम्पनीहरुले ९८ अर्ब ६५ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत आर्थिक वर्षको सोहि अवधिमा वाणिज्य बैंकहरुले ४३ खर्ब २२ अर्ब ६९ करोड रुपैयाँ, विकास बैंकहरुले ४ खर्ब ६३ अर्ब रुपैयाँ र वित्त कम्पनीहरुले ९२ अर्ब ६० करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह धनात्मक रहेको छ, जसले गर्दा खराब कर्जा समेत बढेको सरोकारावालाहरु बताउछन् ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार