काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको वातावरण बनाउन र दललाई बिस्वासमा लिन भनेर बिघटित प्रतिनिधिसभाका तीन ठुला दलका शिर्ष नेतासँग छलफल गर्न लागेकी छन् ।उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली र तात्कालिक नेकपा (माओबादी) अहिले बिभिन्न बाम घटक एकता भइ बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्प कमल दाहाल प्रचण्ड लाई भेट गर्न लागेकी सञ्चार तथा सुचना प्रविधि मन्त्री तथा सरकारकका प्रवक्ता जगदीश खरेलले इक्वीटी नेपाललाई बताए ।
निर्बाचन गर्न र निर्बाचनको बाताबरण निर्माण गर्न प्रधानमन्त्रीले नै अग्रसरता लिनु पर्ने थियो । बिगतमा उनले यो भुमिका निर्बाह गर्न चुकेपनि ढिलै भएपनि उनले पहल लिन लागेकी छन। उनी प्रधानमन्त्री नियुक्त हुने बित्तिक्कै शीर्ष नेताको अनुहार नि नहेर्ने भन्ने अभिब्यक्ति दिएकी थिईन । उनको त्यो अभिब्यक्तिले दल र सरकारको दुरी बढेको थियो ।
तीन दलका शीर्ष नेतासँग संवादको लागि उनले आप्नो दुतको रुपमा निम्ता दिन सञ्चार मन्त्री जगदीश खरेललाई तिनै दलका शिर्ष नेताको घरमा पठाएकी थिइन् । उनले केहि दिन अघि मात्र दलसँगको सम्बन्ध सुधारको लागि सञ्चार मन्त्री, कानून मन्त्री र आफ्ना राजनीतिक सल्लाकार सम्मिलित ३ सदस्ययी टोली पार्टी कार्यलय पठाएकी थिईन।
प्रधानमन्त्री र दलको आपसमा बस्ने नसक्ने वातावरण केहि दिन अघि राष्ट्रपतिले बैठक राखेर संबादको सुरुवात गराई सकेका छन् । राष्ट्रपतिको पहलमा राष्ट्रपति कार्यलयमा भएको बैठकमा चुनाबको बातावरण निर्माण गर्न अबको बैठक प्रधानमन्त्रीको पहलमा प्रधानमन्त्रीको निबासमा हुने छलफल भएको थियो सोहि छलफललाई मुर्त रुप दिन उनले बालुवाटारमा बैठक राखेकी हुन् ।
प्रधानमन्तरी सुशीला कार्कीले पछिल्ला दिनमा राजनितिक दलका नेतासँगको छलफल तिब्र बनाएकि छन् गत आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी का सभापतिसँग भेट गरेकि थिईन साथै उनले बिगतमा हतियार बद्द युद् छेडेको र अहिले शान्तिपुर्ण राजनीतिलाई अंगिकार गरि अब हुने निर्बाचनमा दल दर्ता गरी गुलावको फुल चुनाव चिन्ह पाएको नेपपा( माओवादी)का महासचिव नेत्र बिक्रम चन्द बिप्लपलाई पनि भेट गरेकी थिईन ।
सरकारले चुवावको बाताबरण निर्नाण भएको सन्देस दिन तात्कालिक गृह मन्त्री रमेश लेखक र प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आयोग मार्फत लगाएको स्थानहद फुकुवा गर्ने र सुरक्षा थप गर्ने गरि तयारी गरेको छ ।
सरकारले ३दिन अघि मात्र तात्कालिक प्रहरी प्रमुख कुबेर चन्द खापुङ, काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी र तात्कालिक गृह सचिव माति लगाएको स्थान हद फुकुवा गरेको छ ।

