काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता प्रदीप ज्ञवालीले विचार मिल्नेहरूकाे एकता हुनु सकारात्मक भएकाे बताएका छन्। उनले अहिले चर्चामा रहेकाे बालेन,रवि कुलमान लगायतका शक्तिहरूकाे एकता प्रक्रियालाइ इङ्गित गर्दै उनले यस्ताे बताएका हुन् ।
ऊनले याे एकता बिचार कि स्वार्थकाे एकता समयले बताउने बताउदै सिहदरबार जलाउने र सिहंदरवार जलाउदा उत्सव मनाउनेहरू लाेकतान्त्रिक प्रतिष्पर्धालाई स्विकार गरि सिंहदरबारमा शासन गर्न आउने प्रयत्न गर्नु सकारात्मक भएकाे बताउदै यसले लाेकतन्त्रलाइ संमृद बनाउने छ । उनले भनेका छन् `केही दिन देखि केही ब्यक्तिकाे भेटलाई लिएर तरङ्ग श्रजना गरिएकाे प्रति असन्ताेष प्रकट गरेका छन् । आज नेपाल नबन्नु काेहिकाे बिचमा एकता र ध्रुबिकरण नभएर हाे काेहि ब्यक्तिकाे इन्ट्रिले जादु जसरी देश बन्छभनेर भाष्य श्रजना गर्न खाेजिदैछ ।उनले भनेका छन् ब्यक्तिकाे प्रवेसले भुमिका निर्वाह त हुन्छ तर देश बनाउने बिचार राजनीति,सिदान्त र सामुहिक प्रयत्न ,अर्थनीति अहिलेकाे बिकसित परिवेशमा बनेकाे भुराजनितिक समस्याकाे समस्याकाे समाधान कसरी गर्न , सामहिकतनका बिषय कसी हल गर्ने , संविधान शासन ्रणाली कस्ताे बनाउने भन्ने बिषयले निर्धारण गर्ने बिषय हुन उनले आफ्नाे सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै यस्ताे बताएका हुन् । उनले लेखेका छन् `विचार मिल्नेहरु एकै ठाउँ उभिनु राम्रो हो । (उसो त, विचार मिलेको हो कि स्वार्थ– समयले नै बताउला ।) त्यसमाथि, सिँहदरबार जलाउने या जल्दा उत्सव मनाउनेहरु पनि लोकतान्त्रिक प्रतिष्पर्धाबाट त्यही सिँहदरबारमा पुग्न खोज्नु सकारात्मक हो ।
तर यस्ता भेटघाटहरुलाई लिएर यस्तो तरङ्ग ल्याउन खोजिँदैछ– मानौँ, आजसम्म नेपाल नबनेकै अमुक व्यक्तिहरु नमिलेर हो । जस्तो कि दक्षिण भारतीय चलचित्रहरुमा देखिन्छ- कुनै नायक रङ्गमञ्चमा उत्रेर ढ्याक्क खुट्टा बजार्छ, तुफान सिर्जना हुन्छ, अनि सबै खलनायकहरु सोत्तर हुन्छन् !
यो मिलनले यस्तै ‘तारणहार’ जन्माउँछ र देशले मुक्ति पाउँछ भन्ने भ्रान्ति फैलाउन खोजिँदैछ ।
तर यस्तो तिलस्मी तत्वको खोजीले मुलुकलाई कहीँ पनि पुर् याउँदैन । देश बनाउनमा व्यक्तिको भूमिका हुँदैन भन्ने होइन, तर देश बन्ने भनेको अन्ततोगत्वा विचार, संस्था, प्रणाली र सामूहिकताले हो ।
कस्तो शासन प्रणाली अपनाउने ? कस्तो आर्थिक नीति लिने ? बहुलता र विविधताले भरिएको समाजमा सामाजिक प्रबन्ध कस्तो हुने ? तीव्र रुपमा बदलिइरहेको भूराजनीतिक परिदृश्यमा राष्ट्रिय हितको संरक्षण कसरी गर्ने ? जलवायु परिवर्तन जस्ता भयावह चुनौतीको सामना कसरी गर्ने ? संविधानका कुन विषय संरक्षण गर्ने र के परिमार्जन गर्ने ? यावत् प्रश्नमा कुनै विकल्प छैन ।
छ त केबल नकारात्मकता, निषेध र घृणा ।
कतिपय मिडियामा देखा परेको ‘युफोरिया’ हेर्दा दुई दशक अगाडिका घटनाहरू याद आए, जतिबेला ‘जनसरकार’ घोषणाको समाचार कभर गर्न हेलिकप्टर चार्टर गरिन्थे ।ओहो, हिंसाको त्यो महिमागान ! नयाँ दिनका ती अभ्यर्थना ! र नयाँ नेपालका ती सपना ! आज त्यो ‘मिडिया हाइप’ निर्मित बिम्ब कपुरको बास्ना झैँ विलोप भइसकेको छ ।
घोडा पानीदार हो कि होइन भन्ने टुङ्गो त आखिर लामो दौडले नै तय गर्ने हो ।
साथीहरूले समाजलाई ‘इमोशनल’ होइन, ‘र् याशनल’ बनाउन सघाए हुने हो ।
स्वप्न भङ्गताको क्षण साह्रै पीडादायी हुन्छ ।
सिंहदरबार जलाउने र जलाउदा उत्सव मनाउने लाेकतान्त्रिक प्रतिष्पर्धालाइ स्विकार गर्नु सकारात्मक -प्रदीप ज्ञवाली

