तीनदलका शीर्ष नेतृत्वसँग बैठक गर्दै प्रधानमन्त्री

काठमाडौं ।प्रधानमन्त्री  सुशीला कार्कीले आफ्नै पहल र प्रयत्नमा पहिलाे पटक फागुन २१मा चुनावकाे वातावरण निर्माण गर्ने भनेर शीर्ष नेतासँग छलफल गर्न लागेकी छन्  । उनले आज दिँउसाे ३बजे शिर्ष नेता नेपाली कांग्रेसका सभापति शेरवहादु।देउवा,नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयाेजक पुष्प कमल दाहालसँग छदफल गर्न लागेकाे उनका प्रेस संयाेकले बताएका छन्
भदाै २३र २४मा भएकाे जेनजी आन्दाेलन पश्चात् उनी प्रधानमन्त्री बनेकी हुन् । उनले सामुहिक रूपमादलका दाेस्राे तहका नेतासँग छलफल गरेपनि शीर्श तहमा छलफल गर्न लागेकी पहिलाे पटक हाे ।
तीन राजनीतिक दल मध्ये नेकपा(एमाले)ले संसद पुनस्थापनालाई मुख्य एजेण्डा बनाएकाे छ भने नेपाली कांग्रेस पनि संसद पुनस्थापनाकाे माग गरेर अदालत पुगेकाे छ ।नेपाली कम्युनिष्ट पार्टीले चुनाव मात्र बिकल्प हुने भन्दै संसद पुनस्थापना भए झन संकट आउने बताएकाे छ ।
प्रधानमन्त्रीले दललाइ बैठक राख्न तिनै दलकाे मुल नेतृत्वकाे घरमा सरकारका प्रवक्तालाई निमन्त्रणा लिएर पठाएकी छन् ।
आजकाे प्रधानमन्त्रीले दलका नेतासँग हुने छलफलले चुनावी वातावरण बन्ने बताइकाे  छ ।
शिर्ष नेतासँग उनले राष्ट्रपतिसँगकाे बैठकमा भने सामेल भएकी छन् यसले उनलाई आजकाे बैठक राख्न बाटाे खाेलेकाे हाे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार