बजारमा अधिक तरलता २० अर्ब तान्दै राष्ट्रृ बैङ्क

काठमाडौं । बैंकिङ प्रणालीमा तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले पुष १३ गते २० अर्ब रुपैयाँ संकलन गर्न लागिएको हो ।  राष्ट्र बैंकले १२ दिनको लागि निक्षेप संकलन बोलकबोल उपकरणमार्फत् उकत निक्षेप रकम संकलन गर्न लागिएको हो ।

राष्ट्र बैंकका अनुसार पुष१३ गते मध्यान्ह २ बजेसम्म अनलाईन बिडिङ गर्दा बोलबमोजिम सबैभन्द कम ब्यजदरलाई पहिलो गरी कुल आह्वान  रकम गर्न पाउने व्यवस्था गरिएको छ ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क“, “ख“ र “ग“ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । निक्षेप संकलनको लागि घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा  निशेष भाग जाने गरी कुल आह्वान  रकम गर्न पाउने व्यवस्था गरिएको छ ।

निक्षेप संकलन उपकरणको भुक्तानी मितिका दिन निर्धारित ब्याज सहित संकलित निक्षेप रकम सम्बन्धित बैंकस्थित खातामा जम्मा गरिनेछ। संकलित निक्षेपको सावा ब्याज भुक्तानि पुस २५  गतेलाई तोकिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार