सुनको मूल्य हालसम्म कै उच्च, पुग्यो प्रतितोला २ लाख ७० हजार बढी

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य हाल सम्म कै उच्च पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो कारोबार दिन आइतबारका लागि सुन प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँ तोकिएको छ । जुन शुक्रबारको तुलनामा १ हजार ३ सय रुपैयाँ बढी हो ।

शुक्रबार पनि सुन तोलामा १ हजार ८ सय रुपैयाँ बढेर २ लाख ६९ हजार ३ सय रुपैयाँमा किनबेच भएको थियो ।

त्यसैगरी चाँदीको मूल्य प्रतितोला ४ हजार ८ सय ३५ रुपैयाँ पुगेको छ । जुन प्रतितोला २ सय ७० रुपैयाँले बढी हो ।

शुक्रबार चाँदी प्रतितोला ४ हजार ५ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार