काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरका मेयर बालेन शाहबिच सात बुँदे सहमति भएकोप्रति धरान उपमहानगरका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले विदेशीको इशारामा चलेको आरोप लगाएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा भिडियो सार्वजनिक गर्दै साम्पाङले भनेका छन्–’हाहा… जनतामा जाने साहस नहुनेले प्रधानमन्त्री बन्ने सपना देखेछ ! फटाहाहरू… सिंहदरबार जलाउने र जेनजीको हत्या गर्नेहरूले विदेशीको इशारामा देश चलाउने रे !’
उनले रास्वपा सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन बाहको नाम नलिई यस्तो टिप्पणी गरेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरका मेयर बालेन शाहबिच आज बिहान मात्र सहमति भएको हो । सहमति अनुसार रवि पार्टी सभापति रहने र शाह आगामी निर्वाचनपछि प्रधानमन्त्री बन्ने विषय उल्लेख छ ।

