पूर्व ऊर्जा राज्यमन्त्री पूर्णबहादुर (कान्छाराम) को निर्माण कम्पनी सहित पाँच कम्पनी पर्यो कालोसूचीमा

काठमाडौं । पूर्व ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)को निर्माण कम्पनी सहित पाँच कम्पनी कालोसूचीमा परेको छ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले तामाङको कान्छाराम कन्स्ट्रक्सनलाई डेढ वर्षका लागि कालोसूचीमा राखेको हो ।

कान्छाराम कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्न ग्रामिण सडक सञ्जाल सुधार आयोजना, आयोजना समन्वय एकाइ श्रीमहल ललितपुरले सिफारिस गरेको कार्यालले जारी गरेको सूचनामा उल्लेख छ ।

सो सिफारिस अनुसार कालोसूचीमा राख्ने निर्णय पुस १३ गते भएको सार्वजनिक खरिद अनुगमन कार्यालयले आज जारी गरेको सूचनामा लेखिएको छ । कालो सूचीको डेढ वर्षे अवधि भने आज सूचना प्रकाशित भएको मिति पुस १४ गतेदेखि गणना सुरु भएको छ ।

यसैगरी नेपाल खानेपानी संस्थान शाखा कार्यालय पोखराको सिफारिसमा ड्रैगन कन्स्ट्रक्सन प्रालि धनुषा पनि डेढ वर्षका लागि कालोसूचीमा परेको छ । यो कम्पनीका मुख्य व्यक्ति बैजनाथ यादव हुन् ।

यसैगरी रौतामाई गाउँपालिका उदयपुरको सिफारिसमा सिङ्दान सप्लायर्स एण्ड कन्स्ट्रक्सन प्रालि धनुषा र विशाल निर्माण सेवा सिन्धुपाल्चोक एक–एक वर्षका लागि कालोसूचीमा परेका छन् ।

सिङ्दान सप्लायर्स एण्ड कन्स्ट्रक्सन प्रालिका मुख्य व्यक्ति रमेश कुमार सिङ्दान हुन् भने विशाल निर्माण सेवाका मुख्य व्यक्ति श्याम कुमार गलान हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार