काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ अर्ब ५५ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेप लगानी गर्ने भएको छ । राष्ट्र बैंकले ‘क’, ‘ख’वर्गाका बैंक तथा वित्त कम्पनीमा उक्त रकम मुद्दति निक्षेपका रुपमा राख्नेछ।
राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा ४ अर्ब ४४ करोड रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकमा ८३ करोड २५ लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त संसथामा २७ करोड ७५ लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।
राष्ट्र बैंकका अनुसार जनवरी ५, २०२६ देखि जनवरी ५ , २०२७ सम्म ३ सय ६६ दिनको मुद्दती निक्षेपमा उक्त रकम लगानी गर्न लागिएको हो । रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाले पुस १७ गते साँझ ७ बजेसम्म ब्याजदर प्रस्ताव पेश गर्न आह्वान गरेको छ ।
निक्षेपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने, शीघ्र सुधारात्मक कारवाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पुरा भएको हुनुपर्ने, समस्याग्रस्त घोषणा भएको भए फुकुवा भएको छ महिना अवधि पूरा भएको तथा सर्वसाधारणको लागि छुट्याईएको शेयर जारी गरिसकेको हुनुपर्ने ।

