५ दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची

काठमाडौं ।  फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अहिलेसमम्म ५ वटा दलले समानुपातिकतर्फ बन्दसूची बुझाएका छन् ।

हालसम्म नेपाल मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, जनप्रिय लोकतान्त्रिक पार्टी र नेपाली कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल) ले बन्द सूची बुझाइसकेको निर्वाचन आयोगले जनाएको छ ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतले भने नाम बुझाउन बाँकी रहेको छ।

आज कार्यालय समयभित्र सूची बुझाउनुपर्ने छ। त्यस्तै बुझाएको सूचीमा कलस्टर नमिलेको खण्डमा दलहरुले सच्याउन ७ दिनको समय पाउने छन्।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची तयार गर्ने अन्तिम गृहकार्यमा राजनीतिक दलहरू लागेका छन् । निर्वाचन आयोगले बन्दसूची बुझाउने समय आइतबार र सोमबारका लागि तोकेको भए पनि अधिकांश दलले दोस्रो दिन आज मात्रै बुझाउने अन्तिम तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार