जगदम्बा स्टील्स: ‘गैरकानूनी माग र दबाब स्वीकार्य छैन’

काठमाडौं । जगदम्बा स्टील्स लिमिटेडले श्रमिक युनियनको बोनस माग सम्बन्धी गतिविधिप्रति गम्भीर ध्यानाकर्षण गरेको छ। उद्योगका अनुसार युनियनले पुस ८ मा गरेको पत्रकार सम्मेलनमा आन्तरिक विषयवस्तु र तथ्यहिन विवरण सार्वजनिक गरेको जनाएको छ । साथै उद्योगका कर्मचारी र व्यवस्थापनलाई दबाब दिने प्रयास गरेको बताएको छ ।

युनियनले बोनस ऐन २०३० बमोजिम प्राप्त गर्नुपर्ने बोनस रकम नबुझी मनोमानि ढंगले माग गरेको र रकम नपाएमा उद्योग बन्द गर्ने चेतावनी दिएका उद्योगको भनाई छ । यस सम्बन्धमा उद्योगले श्रम कार्यलय बीरगञ्ज पर्सालाई पनि अनुरोध गरी विवाद समाधान गर्ने प्रयास गरेको जनाएको छ ।

उद्योग व्यवस्थापनले कम्पनी बोनस ऐन र नियम बमोजिम नियमानुसार बोनस वितरण गर्न तयार रहेको बताएको छ । तर युनियनले कानूनी उपचारको सट्टा सामाजिक सञ्जाल, पत्रकार सम्मेलन र धम्कीद्वारा दबाब दिने कार्य जारी राखेको उद्योगको भनाइ छ।

“हामी कानूनको सीमाभित्र रहेर कर्मचारी तथा श्रमिकलाई बोनस उपलब्ध गराउन तयार छौं। गैरकानूनी माग र दबाब स्वीकार्य छैन।”उद्योगद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार