कृषि मन्त्री डा. मदन प्रसाद परियारको प्रगति विवरण: १ सय दिन दिनमा २ लाख ४३ हजार मेट्रिक टन रासायनिक मल वितरण

काठमाडौं ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारीमा डा. मदन प्रसाद परियारको  १०० दिन पूरा भएको छ । सोसँगै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले १०० दिनमा १०० काम भएको जनाएको छ ।

मंगलबार एक सय दिनको प्रतिवेदन सार्वजनिक गर्दै मन्त्री डा. मदन प्रसाद परियारले सो १०० काममा  अखु किसानहरु र चिनी उधमीसँग छलफल गर्रे आ.व. २०८२\८३ मा उखुको मूल्य प्रति क्वीन्टल ३२० रुपैयाँ र थप अनुदान रकम ७० निधरिण गरी किसानहरुको असन्तुष्टि सम्बोधन गरेको बताए । चाल आर्थिक वर्षमा विनियोजित बजेटबाट हालसम्म ४ लाख ६६ हजार मे. टन रसायनिक मल खरिदका लागि ग्लोबल टेण्डर आव्हान भई २ लाख ४३ हजार मे. टन कृषकहरुलाई वितरण भइसकेको छ ।

त्यसतै, परियार १०० दिनमा स्थलगत निरीक्षण र अनुगमन पनि गएका छन् । सिन्धुलीको गोलन्जोर गाउँ पालिका तिनकन्याका जनार किसानको बगैँचामै पुगेर जनार उत्पादन, प्याकेजिङ्ग, ढुवानी, बजारीकरण र सम्भाव्य मूल्य अभिवद्धिका विषयमा किसानका समस्याहरुबारे छलफल गरिएका छन्।

जलवायु परिवर्तनसम्बन्धी ३०औ“ अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिता भएको थियो । सो सम्मेलनमा नेपालको तर्फबाट नेपालले झेलिरहेको जलवायु संकट र वैश्विक दायित्वबीचको असमानताबारे राष्ट्रिय स्थिति पत्र प्रस्तुत गरे ।

मन्त्री परियारले नेपालमै पहिलो पटक नेपालगंज स्थित एकिकृत जाच चौकी  मा मिथाइल ब्रोमाइड धमीकरण उपचारको सरुवत भई करिब ४० मे.टन सल्लाको आख्ला निर्यात भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार