काठमाडौं । शितलहरका कारणले नारायणघाट–बुटवल सडक खण्डको नारायणघाट–बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा सडक एकतर्फी मात्रै सञ्चालन हुने भएकाे छ । उक्त्त सडक निर्माण आयेजनाले सूचना जारी गरेर यस्ते जानकारी दिएकाे हाे ।
विगत केही दिनदेखि आकस्मिक रूपमा भएको शितलहरको कारणले निर्माणाधीन नारायणघाट–बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा सडक सतह चिप्लो भई यातायात आवागमनमा कठिनाई उत्पन्न भएको र केहि स्थानहरुमा कलभर्ट तथा सडक ढलानको कार्य भई एकतर्फी सडक सञ्चालन भइरहेकोले सवारी साधनहरू सञ्चालनमा थप कठिनाई हुने सम्भावना रहेको छ । तसर्थ, मौषममा सुधार नहुन्जेलसम्म यस सडक खण्डमा यात्रा गर्नु अघि सडकको अवस्थाबारे सही तथा अद्यावधिक जानकारी प्राप्त गरी मात्र यात्रा गर्न सबैमा अनुरोध छ। साथै यस सडक खण्डमा यातायात सञ्चालनमा कुनै अवरोध उत्पन्न भएको अवस्थामा निम्न उल्लेखित बैकल्पिक सडकहरुको प्रयोग गर्न सकिने व्यहोरा समेत अनुरोध गरिन्छ। यसबाट यात्रु महानुभावमा पर्ने असुविधा प्रति क्षमाप्रार्थी छौं ।
निम्नः
| प्रयोग गर्न सकिने बैकल्पिक सडकहरु |
| पुर्व पश्चिम राजमार्ग हुँदै आउने/जाने सवारीसाधन: नारायणघाट-मुग्लिङ्ग-पोखरा-स्याङ्जा-पाल्पा- बुटवल
वा कालीगण्डकी चोक (गैंडाकोट)-रामपुर-पिपलडांडा- पाल्पा- बुटवल |
| काठमाडौँबाट बर्दघाट पश्चिम जाने/ बुटवल-काठमाडौँ जाने सवारी साधनहरु: काठमाडौँ-मुग्लिङ्ग-पोखरा-स्याङ्जा-पाल्पा-बुटवल |
| दुई पांग्रे र 4WD चार पांग्रे सवारीसाधनको लागि वैकल्पिक सडक: दुम्कीबास-ज्यामिरे-डाँडाचोक-डमार-भुताहा |

