काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । भारतीय आयाल कर्पोरेशनबाट घटेर नयाँ मूल्य आएसँगै निगमले पनि इन्धनको मूल्य घटाएको हो ।
निगमले भोलिदेखि लागू हुनेगरि पेट्रोलको मूल्य लिटरमा ४ रुपैयाँ, डिजेलको ५ रुपैयाँ, हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ र अन्तराष्ट्रिय तर्फ अमेरिक डलर ४२ रुपैयाँले घटाएको हो । त्यस्तै भारतबाट एलपि ग्यासको मूल्य बढेर आए पनि नेपालमा भने बढाइएको छैन । निगमका अनुसार पेट्रोलको मूल्य पहिलो वर्गमा १५६ रुपैयाँ ५० पैसा, दोस्रो बर्गमा १५८ रुपैयाँ र तेस्रो वर्गमा १५९ रुपैयाँ कायम भएको छ । त्यस्तै डिजेलको मूल्य पहिलो वर्गमा १३४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १३६ रुपैयाँ र तेस्रो वर्गकामा १३७ रुपैयाँ पुगेको छ ।
पहिलो वर्गमा चारआली, विराटनगर, आमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगडी र वीरगञ्ज पर्छन । त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ्ग तथा तेस्रो वर्गमा काठमाडौ, पोखरा र दिपायल रहेका छन् ।


