सहकारी पीडितको ७७ करोड बचत फिर्ता, दायित्व ३६ अर्ब

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी पीडितको ७७ करोड २४ लाख ४६ हजार ४५८ रुपैयाँ बचत रकम फिर्ता गरिएको बताएका छ। बिहीबार प्रतिनिधि सभामा सांसदहरुको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री दाहालले तीन वटा समस्याग्रस्त सहकारीको सम्पत्ति व्यवस्थापन तथा दाहित्व भुक्तानी अनुरुप ७७ करोड २४ लाख ४६ हजार ४५८ रुपैयाँ बचत फिर्ता गरिएको बताएका हुन्।

‘सहकारी क्षेत्रमा व्याप्त समस्या बारे सरकार जानकार गम्भिर पनि छ। यी समस्याहरु समाधान गर्न गत राष्ट्रिय योजना आयोगको सदस्याको संयोजगत्वमा उच्च स्तरिय सुझाव कार्यदल गठन गरी प्राप्त हुन आएको सुझाव एवं सहकारी पिडितहरुसँग भएको सहमति कार्यान्वयन गर्न विभिन्न प्रयासहरु अघि बढेका छन्। हालसम्म २० वटा सहकारीहरुलाई समस्याग्रस्त घोषणा गरी समस्याग्रस्त सहकारी व्यवस्थापन समिति मार्फत बचत फिर्ताको प्रक्रिया अघि बढाइएको छ। समस्याग्रस्त घोषणा भएका सबै सहकारी संस्थाको बचतकर्ताहरुबाट ५९ हजार ५८७ माग दाबी निवेदनको आधारमा ३६ अर्ब २८ करोड ९६ लाख ८१ हजार ७८० रुपैयाँको दाहित्व एकिन भएको छ। यसमध्ये हालसम्म ७७ करोड २४ लाख ४६ हजार ४५८ रुपैयाँ बचत रकम पिडितलाई फिर्ता गरिसकिएको छ। यस बीचमा तीन वटा समस्याग्रस्त सहकारीको सम्पत्ति व्यवस्थापन तथा दाहित्व भुक्तानी गरी बचत भुक्तानी कार्य सम्पन्न भएको छ,’ प्रधानमन्त्रीले भने।

नेपाल राष्ट्र बैंक समेतको संलग्नतामा सहकारी बैंक लगायत ठूला कारोबार गर्ने ९ वटा सहकारी संघ संस्थाको सघन अनुगमन कार्य सम्पन्न भई वित्तीय स्वास्थ्य मजबुत पारी सुशासन र प्रभावकारी संचालनका लागि निर्देशन दिइसकिएको पनि उनले बताए।

छुट्टै नियमक निकाय स्थापना गर्ने र सहकारी बचत तथा कर्जा सुरक्षण कोष स्थापना गर्ने प्रयोजनका लागि छुट्टै कानुनी व्यस्था गर्ने प्रक्रिया अघि बढाइएको पनि जानकारी उनले दिए । यसका लागि बजेट पनि विनियोजन भइसकेको छ। प्रदेश तथा स्थानीय सरकारहरुसँग सहकारी समस्या समधानका लागि विषयगत समिति गठन गरिएको छ। यसै गरी ठूलो कारोबार गर्ने सहकारीहरु नियमन र सुपरिवेक्षण प्राधिकरण गठनका लागि कानुन मस्यौदा भइरहेको छ। सहकारी नीतिको परिमार्जित मस्यौदा तयार भएको छ भने सहकारी ऐनमा समेत संशोधनको तयारी भइरहेको जानकारी दिए। सरकारले लिएका यस्ता पहलहरुबाट सरकार गम्भिर छ। यसबाट अल्पकालीन र दीर्घकालीन सुधार हुने उनले विश्वास व्यक्त गरे।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार