राजधानीमा ब्लुबुक किर्ते गर्ने सक्रिय

काठमाडौं । नेपाल प्रहरीले राजधानी काठमाडौंमा सवारीधनी दर्ता किताब (ब्लुबुक) मा किर्ते गर्ने केही व्यक्तिहरूको समूह सक्रिय रहेको जनाउँदै अपरिचितलाई ब्लुबुक नदिन आग्रह गरेको छ । वास्तविक सवारीधनीको ब्लुबुकमा आफूखुसी विवरण भरेर जाली काम गर्ने गिरोहलाई नियन्त्रणमा लिएको जनाउँदै त्यसतर्फ सचेत हुन प्रहरीले अनुरोध गरेको हो ।

प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार एक सूचना जारी गरी आफ्नो सवारीसाधन र सवारी दर्ता किताब अर्कोलाई जिम्मा दिँदा सचेत रहन अनुरोध गरेको हो ।

हालै ब्लुबुक किर्ते गरेर गाडी बेचेको अभियोगमा चारजनालाई पक्राउ गरेर कारबाही थालिएको जानकारी दिँदै जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अंगुर जिसीले त्यसतर्फ सम्बन्धित सवारीधनी नै सचेत हुनुपर्ने बताए ।

अभियुक्तहरूले सवारीधनी एभरेष्ट बैंक र ऋणी गजेन्द्र लोहनी विश्वकर्मा भएको बा.२०च ६४६७ नम्बरको गाडीको सवारी दर्ता किताबमा किर्ते गरी उक्त गाडी खरिद–बिक्री गरेको जिसीले बताए । यही असार ३ गते बैतडीका ३८ वर्षीय वीरेन्द्रसिंह साउदलाई चाबहिलबाट दुई थान किर्ते सवारी दर्ता किताबसहित पक्राउ गरिएको थियो

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार