CLI
Global College

७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । ७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। यस दिन नागरिक लगानी कोष, प्राइम कमर्सियल बैंक, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी, हिमालयन एभरेष्ट इन्स्योरेन्स, जीवन विकास लघुवित्त वित्तीय संस्था र कालिका लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी सबै कम्पनीहरुले भोली अर्थात पुस २१ गते बुकक्लोज गर्दैछन् । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

Leave Your Comment

Related News