RE
Global College

कुमारी बैंक र एनडी थर्टीनाइन बिजनेस ग्रुपबीच सम्झौता

काठमाडौं । कुमारी बैंक र एनडी थर्टीनाइन बिजनेस ग्रुप (फिल्ली)बीच बैंकका ग्राहकलाई सेवा सुबिधामा छुट दिने सम्झौता भएको छ।

यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुले फिल्ली का लाजिम्पाट, लबिम मल पुल्चोक, ठमेल र बैद्ध स्थित शाखाहरुबाट सेवा लिए बापत गर्नुपर्ने कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट÷क्रेडिट कार्ड अथवा क्यूआरद्वारा गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सकिनेछ । यस सुविधाबाट ग्राहक महानुभावहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अहिलेको आर्थिक अवस्थामा आफ्ना ग्राहक महानुभावहरुलाई सहज प्रक्रियाबाट पाउन सकिने छुटले प्रोत्सहान गर्नुका साथै आर्थिक अवस्थालाई सुुदृढ पार्न मद्दत गर्नेमा बैंक विश्वस्त रहेको छ ।

बैंकले ३०२ शाखा, ३१४ एटीएम, ४९ विस्तारित काउन्टर र ५९ शाखा रहित बैंकिङ इकाइमार्फत सेवा प्रदान गर्दै आएको छ।

NECO

Leave Your Comment

Related News