काठमाडौं । आइतबार सुनको मूल्य २ हजार १ सय रुपैयाँले घटेको छ । नेपाली सुनचाँदी ब्यवसाय महांसघका अनुसार सुन प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला २ लाख ६२ हजार ५ सय रुपैयाँ थियो ।
यस दिन चाँदी पनि २५ रुपैयाँले घटेको छ । बजारमा चाँदी प्रतितोला ४ हजार ५ सय रुपैयाँमा खरिदबीक्री भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ५२५ रुपैयाँमा कारोबार भएको थियो ।


