काठमाडौं । भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न बनेको गौरी बहादुर कार्कीको नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानको लागि पत्र काटेको छ । आयोग स्रोतका अनुसार ओलीलाई पत्र पठाइएको थियो ।’पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र गएको हो,’ आयोग स्रोतले भन्यो।
तत्कालिन प्रधानमन्त्री ओलीले भने आयोगमा गएर बयान नदिने बताउँदै आएका थिए।


