क्लीन एण्ड ग्रीन स्पोर्टस् अभियानको शुभारम्भ

काठमाडौं । नेपाल अटोमोबाईल्स एसोसिएसन (नासा नेपाल) ले क्लीन एण्ड ग्रीन स्पोर्टस् अभियान शुरु गरेको छ । SAY NO TO DOPING को व्यानरमा हिजो असार ६ को अवेर काठमाण्डौमा घोषणा गरिएको सो कार्यक्रम नेपाली खेल संघले सम्भावत विशेष प्रकृतिको हो ।

क्लीन ग्रीन फेयर इथिक्स र डिसीप्लिन तथा एन्टी डोपीङ्ग जस्ता विषयलाई समेटी अन्तराष्ट्रिय महासंघहरु एफआईए र एफआईएम को विश्वव्यापी अभियानमा जोडिदै संघले सो कार्यक्रम शुरु गरेको हो ।

रिजनल एण्टी डोपीङ्ग अर्गनाइजेसन RADO का प्रतिनिधी तथा अर्थोपेडिक सर्जन डा. ज्ञानेन्द विक्रम शाहले संघको पदाधिकारी र खेलाडी समेतको अन्तरक्रियामा एण्टी डोपीङ्ग र फेयर प्ले सम्वन्धि प्रस्तुती दिँदै नासा नेपालको सो अभियानको शुभारम्भ गरे।

संघका इथिक्स एण्ड डिसीप्लीनरी कमीसनका संयोजक अनिल कुमार बरालको अध्यक्षता ग्रहण गर्दै सो कार्यक्रममा ग्रीन र क्लीन स्पोर्टस र मोटरस्पोटसको बारेमा प्रकास पार्नु भएको थियो ।

अन्तराष्ट्रिय अटोमोबाईल फेडेरेसन एफआईए काउन्सिल मेम्वर गोविन्द भट्टराईले एफआईए Race True तथा FIA एक्सन फर इन्भाईरोमेन्ट तथा एफआईएमको अनलाईन कोर्ष बारेमा जानकारी गराए।

कार्यक्रममा एण्टी डोपीङ्गको अवस्था, सुधार र प्रकियाहरु, राष्ट्रिय संघको भूमिका जस्ता विषयमा सहभागीले आ– आफ्ना धारणा रोखेका थिए जस्का मुख्य वक्ता डा. शाहले थप प्रस्ट बनाउदै शुरु गरिने अभियानमा सदैव आफू समेत हुने प्रतिवद्धता जनाए। ।

छलफल पश्चात एण्टी डोपीङ्ग फेयर प्ले, ग्रीन एण्ड क्लीन स्पोर्टस इथिक्स एण्ड डिसिप्लीन गरी ५ वटा क्षेत्रमा संस्थागत, नितिगत र कार्यक्रमिक अभियान संचालन गर्ने प्रस्ताव पारीत समेत गरिएको छ ।

तालीम सामाग्री निर्माण, प्रशिक्षक तयार, अनलाईन कोर्षको डिजाईन, खेलस्थलको डिजाईन, कोड अफ कण्डक्ट निर्माण तथा मिडीया र सामाजिक संजालका्े सदुपयोग, सेल्फ कमिट्मेन्ट जस्ता कार्यहरु यही महिनादेखि नियमीत संचालन हुनेछन्, जसको समन्वय संघको कमिसनहरुले संयूक्त रुपमा गर्नेछन् ।

कार्यक्रममा संघका सह– कोषाध्यक्ष कमला छेत्री, ट्रेनिड तथा मार्सल कमिसनका संयोजक यदुराज लामिछाने, एथलेट कमिसनका संयोजक कृष्ण पौड्याल लगायतका खेलाडी, प्राविधिक तथा अफिसियलहरुको सक्रिय सहभागीता रहेको थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार