RE
Global College

लक्ष्मी सनराइज बैंकको कार्ड सेवा बन्द हुने 

काठमाडौं । लक्ष्मी सनराइज बैंकले कार्ड प्रणालीलाई थप सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यले निर्धारित समयका लागि कार्डसम्बन्धी सेवा रोक्ने भएको छ। बैंकका अनुसार प्रणाली स्तरोन्नतिको कामका कारण पुस २३ गते रातिदेखि करिब ६ घण्टा कार्ड सेवा उपलब्ध हुने छैन ।

बैंकले जारी गरेको सूचनामा हाल प्रयोगमा रहेको कार्ड स्विचमा आवश्यक सुधार गर्नुपर्ने भएकाले अस्थायी रूपमा सेवा बन्द गर्न लागिएको उल्लेख छ। तय गरिएको समयअनुसार २०८२ पुस २३ गते राति १० बजेदेखि पुस २४ गते बिहान ४ बजेसम्म कार्डसँग जोडिएका सबै कारोबार अवरुद्ध हुनेछन्।

यस अवधिमा डेबिट, क्रेडिट तथा डलर कार्ड प्रयोग गरी गरिने भुक्तानी सम्भव नहुने बैंकले स्पष्ट पारेको छ। साथै, एटीएमबाट नगद झिक्ने सुविधा, पिओएस मेसिनमार्फत हुने कारोबार तथा अनलाइन किनमेलका भुक्तानी सेवा पनि प्रभावित हुनेछन् ।

 

 

NECO

Leave Your Comment

Related News