काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरूको मनोनयन हुने भएको छ । निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचन गर्दैछ । राष्ट्रियसभामा रिक्त हुने कूल १८ सदस्यका लागि निर्वाचन हुन लागेको हो ।
आयोगले यसअघि यही पुस १९ गते मतदाता नामावली प्रकाशन गरिसकेको छ । यस्तै, मंगललबार मतदाता नामावलीमा कुनै दाबी विरोध भए नभएको यकिन गरी अन्तिम मतदाता नामावली पनि सार्वजनिक गरिसकेको छ । आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।
आयोगका अनुसार यही पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २७ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिने र सोही दिन दिउँसो अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।
साथै यही पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ । आगामी माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने गरी तोकिएको छ । राष्ट्रियसभामा आगामी फागुन २० गतेदेखि १८ सदस्यको पद रिक्त हुँदैछ । आयोगले राष्ट्रिय जनगणना, २०७८ अनुसार मतदाता र मतभार सार्वजनिक गरिसकेको छ । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा र स्थानीय तहका प्रमुख एवम् उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतदाता छन् ।
राष्ट्रिय सभामा नेकपा (एमाले) नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), जसपा नेपाल, र लोसपा पार्टी बीचमा तालमेल गरेर चुनाब लड्दैछन् ।
राष्ट्रिय सभाको निर्वाचनको लागि नेपाली कांग्रेस र नेपला एमाले ७/७ सिट नेपाली कम्युनिष्ट पार्टी नेकपा ३ सिट र लोसपा र जसपाले ११ सिट लिएर चुनाब लड्न लागेका हुन । नेपपा एमालेले राष्ट्रिय सभाको लागि उमेद्वा छनौट गरेको छ नेकपा एमालेले कोशी प्रदेशमा रोशनी बागमतीमा डा प्रेमकुमार दङ्गाल,गण्डकीमा सम्झना देवकोटा, लुम्बिनीमा रामकुमारी झाँक्री, कर्णालीमा मीना रखाल र सुदूरपश्चिममा लीलाकुमारी भण्डारीलाई उम्मेदवार बनाइएको हो । आज राष्ट्रिय सभाका उम्मेदवारको मनोनयन आज ११ बजे देखि ३ बजे सम्म हुने तालिता रहेको छ । एमालेले मधेश प्रदेशको भने उमेद्वार तय गर्न बाँकी रहेको छ ।


