RE
Global College

कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि ९ जना उम्मेदवार टुंगो लगाएको छ। कांग्रेस कार्यसम्पादन समितिको बैठकले सातै प्रदेशबाट उम्मेदवार छनोट गर्दै नामावली सार्वजनिक गरेको हो।

कोशी प्रदेशबाट सुनिलबहादुर थापा (अन्य), मधेश प्रदेशबाट धर्मेन्द्र पासवान (दलित) र रञ्जित कर्ण (अपांगता), बागमती प्रदेशबाट गीता देवकोटा (महिला)लाई उम्मेदवार बनाउने निर्णय गरिएको छ।

यस्तै, गण्डकी प्रदेशबाट जगत तिमिल्सिना (अन्य), लुम्बिनी प्रदेशबाट वासुदेव घिमिरे ‘जंगली’ (अपांगता) र चन्द्रबहादुर केसी, कर्णाली प्रदेशबाट ललितजंग शाही (अन्य) तथा सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाती (अन्य) उम्मेदवार रहेका छन्।

उम्मेदवारी छनोट प्रक्रियामा कांग्रेसका दुवै महामन्त्रीले असहमति जनाएका छन्।

NECO

Leave Your Comment

Related News