CLI

स्वास्थ्य बीमा बोर्डको मंसिर मसान्तसम्मका उपलब्धिहरु सार्वजनिक

काठमाडौं । स्वास्थ्यमा बीमा बोर्डले २०८२ मंसिर मसान्तसम्म उपलब्धिहरु मंगलबार एक कार्यक्रम सार्वजनिक गरेको छ ।सो उपलब्धिहरुमा २०८२ साल मंसिर मसान्तसम्म १ करोड २ लाख २० हाजर ८ जानले स्वास्थ्यमा बीमाद्धता गराएको बीमा बोर्डले जनाएको छ । जसमा ६८ लाख ५४ हजार ९३५ जाना सक्रिय छन् ।

हाल यो कार्यक्रम देशका ७५० स्थानीय तहमा विस्तार भई ५१० वटा स्वास्थ्य संस्थाहरूबाट सेवा प्रदान गरिँदै आएको छ । स्वास्थ्य बीमा ऐन २०७४ र नियमावली २०७५ मा संशोधन गरी सबै स्थानीय तहमा प्रथम सेवा विन्दुका लागि कम्तीमा एक सेवा प्रदायक संस्था अनिवार्य गरिने नीतिगत सुधार गरिएको छ ।

त्यसतै नविकरण दर भने ७९.७ प्रतिशत अर्थात ५४ लाख ६१ हजार १०६ जाना रहेका छन् । सेवा उपभोग भने ७२ प्रतिशत अर्थात ४९ लाख ७२ हजार ६५० जाना छन् ।

स्वास्थ्य बीमा बोर्डका अनुसार कार्यक्रमले लक्षित वर्गलाई  समेट्न लागेको छ। अति गरिब ४ लाख ७७ हजार १५४ जना, ज्येष्ठ नागरिक १२ लाख २२ हजार ४७९ जना, एचआईभी संक्रमित ४३ हजार २३६ जना, अति अशक्त अपाङ्ग १ लाख ९१ हजार ३९१ जना तथा कुष्ठरोग संक्रमित ४ हजार ६९६ जना बीमा कार्यक्रममा आवद्ध छन्। एमडीआर/एक्सडीआर टीबी ४ हजार ८१ जना र महिला स्वास्थ्य स्वयंसेविका बिमित १ लाख ८० हजार ५७२ जना बीमीत रहेका छन्।

२०८१ चैत्र मसान्त सम्मको सम्पुर्ण स्वास्थ्य संस्थाको भुक्तानी भएको र २०८२ असोज मसान्त सम्मको सबै स्वास्थ्य संस्थालाई ४६ प्रतिशत भुक्तानि भएको बोर्डले जनाएको छ। त्यस्तै आठ प्रकारका कडा रोगको हकमा विरामिले उपयोग गर्नेगरी थप १ लाख सम्मको सेवा प्रदान गरिएको पनि जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार